रुकुम पश्चिमको प्रारम्भिक जनसंख्या १ लाख ६६ हजार ३५४

पुरुष भन्दा महिलाको जनसंख्या बढी

रुकुम पश्चिमको प्रारम्भिक जनसंख्या १ लाख ६६ हजार ३५४

पुरुष भन्दा महिलाको जनसंख्या बढी

मुसीकोट । केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।  यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो ।

यस्तै रुकुम पश्चिमको प्रारम्भिक जनसंख्या १ लाख ६६ हजार ३५४ रहेको छ । केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक नतिजा अनुसार रुकुम पश्चिममा पुरुष भन्दा महिलाको जनसंख्या ४ हजार २२८ बढी छ । महिलाको जनसंख्या ८५ हजार २९१ छ भने पुरुषको जनसंख्या ८१ हजार ६३ पुगेको जनाएको हो ।

२०६८ सालमा रुकुम पश्चिमको जनसंख्या १ लाख ५५ हजार ३८३ थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसंख्या वृद्धिदर ०.६५ रहेको छ ।

रुकुम पश्चिममा घरसङ्ख्या ३४ हजार ७ पुगेको छ भने परिवार संख्या ३७ हजार ७०८ रहेको छ ।


स्थानीय तह अनुसारको प्रारम्भिक जनसंख्या :

आठबीसकोट नगरपालिका : ३५९२९
बाँफिकोट गाउँपालिका : २०९४०
चौरजहारी नगरपालिका : २९२५५
मुसीकोट नगरपालिका : ३३८७१
सानोभेरी गाउँपालिका : २४७७८
त्रिवेणी गाउँपालिका : २०४६६

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार