माघ मसान्तसम्म विद्यालय नखुलाउन सीसीएमसीसीको सिफारिस

माघ मसान्तसम्म विद्यालय नखुलाउन सीसीएमसीसीको सिफारिस

काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्री (सीसीएमसी) ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठकमा रोक लगाउने निर्णय माघ मसान्तसम्म कायमै राख्न सरकारलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न अनुमति दिन सिफारिस गरेको छ ।

सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भ्याक्सिनेसन (खोप अभियान) का लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने माघ मसान्तसम्म नखोल्न सिफारिस गरिएको जानकारी दिइन् ।

त्यस्तै सार्वजनिक सवारीमा ट्याक्सी र मिनी सवारीलाई जोर विजोर प्रणाली नै यथावत राखी अरु सार्वजनिक यातायात सबै खुलाउने सिफारिस गरिएको नेपालले बताइन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार