सुधीरको उपचारको लागि ५ लाख ३२ हजार सहयोग संकलन

सुधीरको उपचारको लागि ५ लाख ३२ हजार सहयोग संकलन

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलाका सुधीर कुमार खड्काको उपचारको लागि ५ लाख ३२ हजार १९५ रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

कलेजो र मृगौलामा समस्या देखिएपछि एक महिना देखि ललितपुरको अल्का अस्पतालको आईसियूमा उपचाररत खड्को आर्थिक अवस्था कमजोर भएपछि परिवार तथा उहाँका आफन्तहरुले सहयोगको अपिल गरेका थिए ।

खड्काका शुभचिन्तक तेजविक्रम शाहका अनुसार उपचारका लागि धेरै रकम आवश्यक पर्ने भएपछि एकसाता अघि सामाजिक सञ्जाल मार्फत सहयोगको आह्वान गरिएको थियो ।

शाहले छोटो अवधिमा यतिको रकम जुटेकोमा खुशी व्यक्ति गर्नुभयो । उहाँले उपचारका लागि पैसा अभाव भएकोवेला सहयोग गरेर जीवन रक्षा गरिदिने आफन्त, शुभचिन्तक लगायत सवैलाई धन्यवाद दिनुभएको छ ।

पहिलो चरणमा संकलन भएको उक्त रकम बिहिबार खड्काका शुभचिन्तक टिकाराम बिष्ट र तेजविक्रम शाहले अस्पतालमा पुगेर खड्कालाई हस्तान्तरण गर्नुभएको छ ।

परिवारका अनुसार अहिले खड्काको स्वास्थ्य अवस्था सुधारउन्मुख छ ।

खड्का सर्वोच्च अदालतमा नायब सुब्बा पदमा कार्यरत हुनुहुन्छ । खड्काको उपचारमा सहयोग गर्न चाहने मनकारीहरूले एन.एम.बी. बैंक काठमाडौं शाखा रहेको खातामा सिधै जम्मा गर्न सकिनेछ ।

खातावालाको नामः सुधीर कुमार खडका

एन.एम.बी. बैंक काठमाडौं शाखा

खाता नम्बर : ००१००४८६५४९०००११

सम्पर्क– ९८४७८५२१६४, ९८५१२१८१८७, ९८४७७७७४८४ र ९८६६६०८६८९

हालसम्म संकलित रकमको विवरण : 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार