आइतबारदेखि कपुरकोट–चोरखोला सडक बन्द हुने

आइतबारदेखि कपुरकोट–चोरखोला सडक बन्द हुने

दाङ । राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट–चोरखोला सडकखण्ड आइतबारदेखि (माघ १६) देखि २५ गतेसम्म बन्द हुने भएको छ ।

सल्यान–दाङ सडकखण्डमा पर्ने कपुरकोट-चोरखोला सडकखण्डमा सडक स्तरोन्‍नति गर्न लागिएकाले १० दिनसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो ।

सो अवधिमा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक बाटोको लागि कपुरकोट–पैयाखोर डाइभर्सनको रुट प्रयोग गर्न सकिने छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर हुँदै सल्यानको प्रवेश मार्ग कपुरकोट क्षेत्रको सडक निकै जीर्ण बनेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार