बालबालिकालाई एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने

बालबालिकालाई एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने

बालबालिकालाई अभिभावकबाहेक अरूले एक स्थानबाट अर्कोमा लैजान जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने भएको छ।

सोमबार गृह मन्त्रालयले  विज्ञप्ति जारी गर्दै आमा-बुवा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत् बालबालिकाहरूलाई नेपालभित्र एक स्थानबाट अर्कोमा लैजानु परेमा सम्बन्धित तहको सिफारिस लिन भनिएको छ। सो सिफारिस जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने मन्त्रालयले जनाएको छ।

बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, पालनपोषण गरिदिने भन्दै संघ संस्थाको नाममा बालबालिकाहरूलाई लिने र विदेश पठाएर घरेलु कामदारको रूपमा प्रयोग गरेको भन्ने गुनासो तथा उजुरी मन्त्रालयमा परेको थियो।

नेपालबाट विदेशमा शैक्षिक प्रयोजनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्र, एनओसी जारी नहुने हकमा स्थानीय प्रशासनको स्वीकृति चाहिने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार