सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पोजेटिभ, एक जनाको अन्तिम रिपोर्ट आउन बाँकी

सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पोजेटिभ, एक जनाको अन्तिम रिपोर्ट आउन बाँकी

बैशाख  २ काठमाडौँ

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा दुई जनाको पीसीआर टेष्टमा पनि रिपोर्ट पोजेटिभ देखिएको छ । अर्का एक जनाको भने अन्तिम रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको देखिएपछि उनीहरुलाई हिजो अपरान्ह पाटन अस्पताल लगिएको थियो । उनीहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् ।
‘एक जना बुढी आमाको रिपोर्ट केही कन्फ्युजन आयो । त्यसैले पुन परीक्षण गरिएको छ । दुई जनाको भने रिपोर्ट पोजेटिभ आएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

सनसिटीमा बस्ने उनीहरु गत ५ चैतमा बेलायतको लण्डनबाट आएका हुन् । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै प्रहरीले लकडाउन गरेको छ । यो संगै नेपालमा कुल कोरोना पोजेटिभको संख्या १६ पुगेको छ । एक जना भने उपचार पछि घर फर्केका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार