रुकुम पश्चिमको रेडियो मौराखारा तेस्रो वर्षमा प्रवेश

रुकुम पश्चिमको रेडियो मौराखारा तेस्रो वर्षमा प्रवेश

मुसिकोट । रुकम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीबाट प्रशारित रेडियो मौराखारा एफ एम आज देखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

सानीभेरी गाउँपालिकाबाट इजाजत प्राप्त गरि २०७६ माघ २५ गते आफ्नो प्रसारण यात्रा प्रारम्भ गरेको सानीभेरी सामुदायिक विकास केन्द्रद्वारा संचालित रेडियो मौराखारा एफ।एम। १०६।५ मेगाहर्जले आफ्ना २ वर्षका यात्रा सफलतापूर्वक अगाडि बढाइरहेको छ ।

२०७६ माघ २५ गते प्रसारणमा आई २०७६ फाल्गुन २ गते प्रतिनिधि सभाका सांसद तथा वर्तमान संघिय सरकारका अर्थ मन्त्री जनार्दन शर्माले विधिवत रुपमा उद्घाटन गर्नुभएको थियो ।

२ वर्षका यात्रामा रेडियो मौराखाराले सूचना¸ मनोरञ्जन र विकासका लागि थुप्रै कार्यक्रमहरु प्रसारण गरिरहेको छ । ग्रामिण क्षेत्रमा सञ्चारको प्रभावकारी माध्यमको रुपमा परिचत गराउन रेडियो मौराखाराले महत्वपूर्ण भूमिका खेलेको छ ।

रेडियो मौराखारा एफ एम को दोस्रो वार्षिक उत्सबका अवसरमा रेडियोका स्टेशन प्रमुख नारायण ओली द्वारा एक प्रेस विज्ञप्ती तथा शुभकामना सन्देश जारी गरिएको छ । कोभिडको तेस्रो भेरिएन्ट तथा अन्य कारणले रेडियोले वार्षिक उत्सबका अवसरमा प्रत्येक्ष कुनै कार्यक्रमको आयोजना भने गरिएको छैन ।

शुभकामना सन्देशमा रेडियोले खेलेको भूमिका तथा रेडियोलाई प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यबाद सहितको शुभकामना व्यक्त गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार