सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द

सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द

बैशाख २ कैलाली

सेती प्रादेशिक अस्पताल कैलालीमा प्रसूति सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।

प्रादेशिक अस्पतालले आज सूचना प्रकाशन गर्दै भोलि, ३ वैशाखदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द हुने जानकारी दिएको हो।

प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेकाले प्रसूति सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा भनिएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार