एमाले प्रदेश कमिटि सदस्य शर्मा सहित १८ जना माओवादी केन्द्रमा प्रवेश

एमाले प्रदेश कमिटि सदस्य शर्मा सहित १८ जना माओवादी केन्द्रमा प्रवेश

 मुसीकोट नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रदेश कमिटी सदस्य ऋषिप्रसाद शर्मा सहित १८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

जनयुद्ध दिवसको अवसरमा आइतबार माओवादी केन्द्र चौरजहारी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा एमालेका  प्रदेश कमिटी सदस्य ऋषिप्रसाद शर्मा, नेपाली कांग्रेसका बालकृष्ण भाट, अनेरास्ववियुका पूर्व जिल्ला कमिटी सदस्य दीपक केसी लगायतले माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

यस्तै कांग्रेस समर्थक पुष्पा लामिछाने, एमालेको चौरजहारी नगरपालिका वडा नम्बर १ का अध्यक्ष अर्जुनकुमार लामिछाने, मोतिलाल जैसी, सपना पोखरेल, लोकेन्द्र प्रसाद लामिछाने, हिमा लामिछाने, जयन्ती लामिछाने, सरस्वती लामिछाने गौतम, केशव लामिछाने, यदु गौतम माओवादी केन्द्रमा प्रवेश गरेका हुन।

यसका साथै एमालेका शिला लामिछाने, पवित्रा लामिछाने, रमेशकुमार लामिछाने, खिमा जैसी, गणेश लामिछाने र नेपाली कांग्रेसकी दुर्गा गौतम माओवादी केन्द्रमा प्रवेश गरेको जनाएको छ ।

चौरजहारी नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नवप्रबेशीहरु लाई माओवादी केन्द्रका नेता मायाप्रसाद शर्माले पार्टी प्रवेश गराउनु भएको हो ।

कार्यक्तममा माओवादी केन्द्रका नेताहरु मायाप्रसाद शर्मा, गोपाल शर्मा, चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा, मुसिकोट नगरपालिका प्रमुख देबिलाल गौतम लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार