द्रुत परीक्षणमा राजविराजका दुई जनामा कोरोना संक्रमण देखियो

द्रुत परीक्षणमा राजविराजका दुई जनामा कोरोना संक्रमण देखियो

बैशाख २ काठमाडौ

दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार मंगलबार गरिएको ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको डा। दासले जानकारी दिनुभएको छ ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका हुन ।  पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्‍वारेन्टाइनमा पठाइने डा. दासले जानकारि दिनुभएको छ ।

यस्तै पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार