रुकुम पूर्वमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

रुकुम पूर्वमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

फाईल तस्बीर ।

रुकुमकोट । रुकुम (पूर्व) मा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । बुधबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोटमा रा १ त १५६३  नम्बरको ट्याक्टरले ठक्कर दिदा सिस्ने ५ सिलाका ४५ बर्षका प्रेम परियारको मृत्यु भएको हो ।

मध्यपहाडि लोकमार्गमा रोकेर गिट्टी लोड गरी पछाडी सार्ने क्रममा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिपेन्द्र बानीयाँले जानकारी दिनुभयो। उहाँका अनुसार पल्टिएको ट्याक्टरले ठक्कर दिँदा सडकमा काम गरिरहेका परियारको मृत्यु भएको हो ।

यस्तै  ट्याक्टरले ठक्कर दिदा परियारकी पत्नी ४३ वर्षिया सिता परियार घाईते हुनुभएको छ ।

ट्याक्टर चालक रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ का हेमन्त बाँठालाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १ किलोमिटर तल खसेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार