मुसिकोट १ रावलवारामा काँग्रेसले बनायो टोलसमिति र तरुण दल

मुसिकोट १ रावलवारामा काँग्रेसले बनायो टोलसमिति र तरुण दल

मुसिकोट । स्थानीय तहको चुनावको मिति घोषणासँगै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले नियमित जनभेटघाट अभियान अन्तर्गत बिहिबार नगरपालिकाको वडा नम्बर १ रावलवारामा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

जसअन्तरगत वडा नम्वर १ को रावलवारामा पार्टिको टोल समिति र नेपाल तरुण दल गठन गरिएको छ । रावलवारामा भएको भेलाले धर्मराज रावलको अध्यक्षतामा २६ सदस्यीय टोल समिति गठन गरेको नेपाली काँग्रेस मुसिकोट नगर सचिव सुर्यप्रकाश शर्माले जानकारी दिनुभयो ।

यस्तै सचिव शर्माका अनुसार सोहि भेलाबाट रुपेन्द रावलको अध्यक्षतामा १५ सदस्यीय नेपाल तरुण दल गठन गरिएको छ ।

वडा सभापति बिष्णु चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति महेन्द्र केसी, नगर सचिव कालिबहादुर खडका, नेताहरु टेक बहादुर बिसि, टेक बहादुर कुसारि, पूर्व वडा सभापति ज्ञानु चन्द लगायतको उपस्थिति रहेको बताईएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार