सानीभेरीमा दुई महिने हाउस वायरिङ्ग तालिम

सानीभेरीमा दुई महिने हाउस वायरिङ्ग तालिम

मुसीकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा युवाहरुका लागि दुई महिने हाउस वाईरिङ तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोग र सानीभेरी गाउँपालिकाको सहजीकरणमा उक्त तालिम सम्पन्न भएको हो ।

गएको पुस ६ गतेबाट सुरु भएको तालिम फागुन ६ गतेसम्म संचालन भएको थियो । “सीप सिकौ, आत्मनिर्भर बनौ” भन्ने उदेश्यले संञ्चालन गरिएको तालिममा १९ जना पुरुष र १ जना महिला गरी जम्मा २० जनाको सहभागिता रहेको थियो ।

दुई महिने तालिम पश्चात जीवन व्यवहारमा समेत प्रयोग हुने सीपले युवालाई सीप विकाससँगै आय आर्जनमा समेत सहयोग पुग्ने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका प्रमुख मोहन कुमार केसीले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार