रेणु दाहालसँग पराजित देवी ज्ञवाली भूमि समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त

krishi
Duduwa Corona

रेणु दाहालसँग पराजित देवी ज्ञवाली भूमि समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख ३ काठमाडौ

सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रिय सदस्य ज्ञवालीलाई नियुक्त गरेको हो।

समितिलाई भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अधिकार पनि दिइएको छ। यसअघि २०४६ सालयता बनेका सरकारले १४ वटा आयोग गठन गरिसकेका छन् ।

ज्ञवाली १५ औं आयोगको अध्यक्ष हुन्। संविधानको मौलिक हकमै भूमिहिनलाई भूमि उपलब्ध गराउने उल्लेख भएकाले राज्यले दिएको जिम्मेवारी पूरा गर्न आफू लागि पर्ने ज्ञवालीले बताए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए। उनी तत्कालीन एकीकृत माओवादी र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालसँग पराजित भएका थिए।

मतगणनाको अन्तिम समयमा तत्कालीन एकीकृत माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि एउटा वडामा पुनः मतदान भएको थियो। त्यसपछि ज्ञवाली झिनो मतले मात्र पराजित भएका थिए ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार