काँग्रेस चौरजहारीले सक्यो पहिलो चरणको जनभेटघाट कार्यक्रम

काँग्रेस चौरजहारीले सक्यो पहिलो चरणको जनभेटघाट कार्यक्रम

 मुसीकोट । नेपाली काँग्रेस चौरजहारी नगरकार्यसमिति रुकुम पश्चिमले पहिलो चरणको जनभेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

माघ २२ गतेदेखि चौरजहारी नगरपालिका वडा नम्बर ८ बाट सुरु भएको कार्यक्रम १४ वटै वडाका विभिन्न टोल, बस्तिहरुमा पुगेर कार्यकर्ताहरु सँगको पहिलो चरणको जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज नगरपालिकाको वडा नम्बर ६ र १२ मा कार्यकर्ताहरू सँग छलफल, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेर सम्पन्न भएको नगर सचिव लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियान अन्तरगत पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुका साथै केही वडाहरूमा पार्टीको वडा कार्यसमितिको कार्यालय उद्घाटन गरिएका छन

यस्तै पहिलो चरणको भेटघाट कार्यक्रम उपलब्धिमूलक भएकोले लगतै पार्टीको नगरसमितिको बैठक बसेर थप दोस्रो चरणको चुनावी अभियान सञ्चालन गरिने सचिव ओलीले जानकारी दिनुभयो ।

आज सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तुफैल अहमद खा को प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा प्रदेश प्रतिनिधि तथा नेपाल तरुण दल रुकुम पश्चिमका उपाध्यक्ष जितेन्द्र बुढाथोकी, तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्य लगायतका नगरका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार