रुकुम पश्चिममा सूचनाको हक सम्बन्धी अन्तरक्रिया

रुकुम पश्चिममा सूचनाको हक सम्बन्धी अन्तरक्रिया

मुसीकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भने उद्देश्यका साथ मुसीकोटमा कार्यक्रम सम्पन्न भएको हो । 

राष्ट्रिय सूचना आयोगको आयोजना, नेपाल पत्रकार महांसघ रुकुमको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन मुसीकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले सूचना दिने कुरामा स्थानीय सरकार सँधै तत्पर रहेको बताउनुभयो । नगरपालिकामा भएका गतिविधि कार्यक्रमका विषयमा जानकारी गराउनु र त्यो विषयमा सूचना दिनु नगरपालिकाको दायित्व भएको उहाँले बताउनुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएमले सवै निकायले मागेको सूचना दिनु पर्ने बताउनुभयो । सूचना पाउनु सबैको अधिकार भएको भन्दै उहाँले सबै पालिकाहरूलाई मागेको सुचना दिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सबै सरकारी कार्यालयबाट दिन मिल्ले सूचना दिएको दावी गर्नुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयमा सूचना अधिकारी तोकिए पनि सूचना अधिकारीहरूले सूचना नपाएकोले सूचना लिन अप्ठ्यारो भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला स्थीत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,  सूचना अधिकारी, सञ्चारकर्मी एंब सरोकारवाला निकायको उपस्थिति रहेको थियो । 

राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख इन्दिरा विएम, अर्थमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार गोविन्द रोका, राष्ट्रिय सूचना आयोगका सचिव भगिरथ पाण्डे, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार दिपेन्द्र महताराले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार