बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटेबाघको आक्रमणबाट मंगलबार बेलुका ज्यान गएको मध्यवर्ती क्षेत्रअन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो ।

निकुञ्जसँग सीमा जोडिएको आफ्नो घरनजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बाघले आक्रमण गरेलगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको आधा खुट्टा, हात खाएको अवस्थामा भेटिएको थियो । सो क्षेत्रमा स्थानीय त्रसित बनेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार