सानीभेरीमा कोभिड-१९ बिरुद्ध अन्तरक्रिया क्रार्यक्रम

सानीभेरीमा कोभिड-१९ बिरुद्ध अन्तरक्रिया क्रार्यक्रम

मुसीकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ मा कोभिड-१९ बिरुद्धको खोप अभियानका लागी बस्ती स्तरीय अन्तरक्रिया क्रार्यक्रम सम्पन्न भएको छ । सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ र ६ वडालाई जोड्ने गरि वडा नम्बर ६ को देउताखोलामा क्रार्यक्रम सम्पन्न भएको हो ।

यूएसएआईडीको सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा संन्चालित सुआहारा दोस्रो कार्यक्रम अन्तर्गत कोभिड-१९ विरुद्ध खोप कार्यक्रम संन्चालन भैरहेको हो ।

अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले कोभिड-१९ बाट कसरी बच्ने यो रोग लागेपछि के समस्या देखिन्छ र कसरी सर्छ भन्नेबारेमा बस्ती स्तरमा व्यापक छलफल गर्नुपर्नेमा जोड दिएका छन ।

खोप अभियान किन र कसरी लगाउने कोभिड-१९ सम्बन्धी जानकारी लगाएतका बिषयमा देउताखोला स्वास्थ सेवा केन्द्रका अहेव मिलन केसीले प्रष्ट पार्नुभयो ।

सानीभेरी ६ का वडा अध्यक्ष सर्बजित घर्ति मगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन सामुदायिक संलङता सहजकर्ता बिबेक कुमार खत्रीले गर्नुभएको थियो । कार्यक्रममा वडाका जनप्रतिनीधी, प्रद्यानाध्यापक, स्वास्थ्य स्वयमसेवीकाहरुका लगायतको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार