सनसिटीमा बस्ने कोरोना संक्रमितका दुई कामदारको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

सनसिटीमा बस्ने कोरोना संक्रमितका दुई कामदारको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

बैशाख ३ काठमाडौ
काठमाडौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ देखिएको छ ।

आज बिहान गरिएको परीक्षणमा दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ। स्वाब परीक्षणको नतिजा आएपछि मात्रै कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ।

यस्तै बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको रिपोर्ट पनि नेगेटिभ आएको हो ।

गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य आमा र छोरा लाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो। संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन्।

सोही परिवारका अर्का एक जना महिला (बुहारी) को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार