माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका

माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका

संयोजक गोविन्द रोका ‘विज्ञान’

मुसीकोट । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले नयाँ नेतृत्व पाएको छ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका ‘सचिन’ लाई चयन गरिएको छ ।

शनिबार मुसीकोटमा बसेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्यहरुको जिल्लास्थित बैठकले रोकालाई जिल्ला संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

रोका कर्णाली प्रदेश सदस्य हुनुहुन्थ्यो ।  २०५२ सालमै आइएसीसम्मको अध्ययन गरेका रोका २०५२ को मंसिर महिनामै भूमिगत हुनुभएको थियो ।

रोका जनयुद्धपछिको शान्तिकालभर सञ्चार क्षेत्रमा क्रियाशिल रहनुभयो । २०७३ सालदेखि २०७८ सालसम्म रोका नेपाल टेलिभिजनको महाप्रबन्धकको रुपमा काम गर्नुभयो । केहि समय अघिसम्म रोका अर्थ मन्त्रालयको प्रेस तथा जनसम्पर्क सल्लाहकारको भूमिकामा काम गर्नुभएको थियो ।

रोका २०७९  बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रको तर्फबाट मुसीकोट नगरपालिकाको मेयरमा उम्मेदवारी दिने चर्चा चलेको छ । युवा नेता रोका मिलनसार, सहयोगी र बिपक्षिलाई समेत रिझाउँन सक्ने क्षमता भएको नेताको रुपमा परिचित हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार