र्‍यापिड डायग्नोष्टिक टेष्ट गर्दा झापामा एक युवकमा पोजिटिभ

र्‍यापिड डायग्नोष्टिक टेष्ट गर्दा झापामा एक युवकमा पोजिटिभ

बैशाख ४  काठमाडौँ

बुधबार र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी)  परीक्षणका क्रममा झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ ।

हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं.२ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । ६१ जनाको परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको छ ।

 

आरडीटी पोजिटिभ देखिनासाथ युवकका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सहायता कक्षका सचिवसमेत रहेका चम्लागाईले बताउनु भयो। परिवारका सदस्य र साथीहरुको आरडीटी भने नेगेटिभ देखिएको छ । पोजिटभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि बुधबार साँझ कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको छ ।

आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार