कोरोना रोकथामका लागि कोभिड क्लिनिक सञ्चालन गरिदै

कोरोना रोकथामका लागि कोभिड क्लिनिक सञ्चालन गरिदै

बैशाख ४ काठमाण्डौ
सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोभिड(१९ को रोकथामका लागि कोभिड क्लिनिक सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

उहाँले क्लिनिक सञ्चालनको अनुमति पाएका २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल, २२ वटा मेडिकल कलेज र काठमाण्डौ उपत्यकाका १६ निजी अस्पताललाई  कोभिड क्लिनिक सञ्चालनका लागि सूचीकृत गरेको जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार