कोरोनाको कारण मनोसामाजिक समस्या बढ्यो घरमा बसौ मनका कुरा साटासाट गरौ

कोरोनाको कारण मनोसामाजिक समस्या बढ्यो घरमा बसौ मनका कुरा साटासाट गरौ

बैशाख ५ काठमाडौ

कोरोना भाइरस (काेभिड १९) काे कारण मानिसमा मानसिक तनाव उत्पन्न हुन थालेको अध्ययले देखाएको छ ।

‘शेयरकास्ट इनिशियटिभ नेपाल’ले गरेको अध्ययनले मानिसमा कोरोना सङ्क्रमण र त्यसपछि उत्पन्न परिस्थितिका कारण बेचैनी, डर, चिन्ता, उदासिनता र दिक्दारी बढेको देखाएकाे हो ।

अध्ययनमा समेटिएका १५ सय सात जनामध्ये ४२ प्रतिशतलाई कम्तीमा एउटा र २६ प्रतिशतलाई दुई वा त्योभन्दा धेरै मनोसामाजिक समस्या रहेको पाइएको थियो ।

यस्तै २० प्रतिशतले बेचैनी भएको बताए पनि अरुमा भने डर, चिन्ता र उदासिनता बढेको पाइएको छ । तर यसबीचमा सरकारले गरेको प्रयासप्रति भने सन्तुष्ट रहेको अध्ययनले बताएकाे छ ।

कोरोनाका कारण मनोसामाजिक समस्या बढेको पाइएकाले यी समस्या घटाउन सरकार र सम्बन्धित निकायले छिट्टै ठाेस कदम चाल्नुपर्नेमा पनि अध्ययनले जोड दिएको छ ।

बढ्दो मानसिक समस्या तनाव कम गर्न समूहमा बस्ने, मनमा लागेका कुरा अरुसँग साट्ने, तालिका बनाएर काम गर्ने, सिर्जनात्मक कुरामा ध्यान दिने, योग गर्ने, व्यायाम गर्ने, खेल्ने, पढ्ने, आफूलाई मन लागेको कुरा गर्न मनोविद्ले सुझाव दिएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार