तरुण दलले आफना कार्यकर्तालाई भन्यो : श्रमिकलाई खाना बस्नको व्यवस्था गर्नु

तरुण दलले आफना कार्यकर्तालाई भन्यो : श्रमिकलाई खाना बस्नको व्यवस्था गर्नु

बैशाख ५ काठमाडौ
नेपाल तरुण दलले पैदल हिँडेरै गन्तव्यमा गइरहेका मानिसहरुलाई ठाउँ–ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गर्न आफ्ना कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।

नेपाल  तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कष्टपूर्ण यात्रा गरी आफ्नो घरसम्म गइरहेकाहरुलाई सरकारले उचित प्रवन्ध गर्न नसकेको भन्दै उनीहरुको यात्रामा सहजता प्रदान गर्न आफ्ना कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले भन्नु भएको छ नेपाल तरुण दलका सम्पूर्ण साथीहरुले आ–आफनो तर्फबाट राजमार्गमा हिँडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ ।’

लकडाउनको बेला दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गलाई आवश्यक राहतको प्रबन्ध गराउन तरुण दलले पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि सरकार भने यो कार्यमा चुकेको तरुण दलको ठहर छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिने कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र भ्रातृ संगठनहरुले सरकारलाई सहयोग गरे पनि सरकार भने आफ्नो जिम्मेवारीबाट बिमुख हुँदै अनावश्यक गतिविधिमा रुमल्लिरहेको आरोप लगाएको छ ।

तरुण दलले शुक्रबार जारी गरेको विज्ञप्ति ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार