गाउँमा कटुवाल प्रथा कायमै ( भिडियो सहित)

गाउँमा कटुवाल प्रथा कायमै ( भिडियो सहित)

बैशाख ५ रुकुम पश्चिम
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ काँडामा अझै पनि कटुवाल प्रथा कायम रहेको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको कार्यक्रममा गाउँमा सूचना पु¥याउने काम कटुवालले नै गर्छन् ।

 

बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ काँडाका ६८ वर्षिय धर्म कामीले गाउँमा हुने सार्वजनिक सूचनालाई समुदायमाझ पु¥याउने काम गर्नुहुन्छ । उहाँले लामो समय देखि आफनो गाउँमा हुने कामको सार्वजनिक रुपमा सूचाम प्रवाह गर्दै आउनुभएको छ ।

 

तर यो गाउँ भने सूचना प्रविधिको पहुँचबाट टाढा भने छैन । स्थानीय धुव्रराज केसीले भन्नुभयो गाउँमा रेडियो, टीभी अनि मोबाइल भएपनि कटुवाल बाजेले हागु हगारेपछि (ठुलो स्वरले बोल्नु) विश्वास लाग्ने गरेको छ ।  उहाँका अनुसार सोहि गाउँपालिकाको वडा नम्बर ६ र ७ मा भारतबाट आएका दुई व्यक्तिमा कोरोनाको आशंका गरिएपछि कटुवाल बाजे झन सक्रिय हुनुभएको छ । बिहिबार मात्रै आफनो वडाका चारै तिरका नाका प्रवेश निषेध गरिएको हागु हगारेर सबैलाई जानकारी गराउनु भएको केसीले बताउनु भयो । डाँडाका  गाउँमा गएर अगुवाले दिएको निर्देशन अनुसार सबैलाई घर भन्दा बाहिर नजाने भनिएकाे छ ।

 

कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिका दुबै वडामा बिहिबार मात्रै र्‍यापिड डाइगोनोष्टिक टेस्ट गर्दा २ सय ३३ जनाको रिपाेर्ट नगेटिभ आएको थियो । तर पनि गाउँमा आशंका गरिएका दुई व्यक्तिको अन्तिम रिपोर्ट नआएसम्मको लागि वडामा प्रबेश गर्ने नाकामा निषेधको संकेत गर्दै रातो झण्डा गाडेको स्थानीय शिक्षक गोपाल केसीले बताउनु भयो ।

यस वडामा करिब ८० घरधुरी रहेकाे यस गाउँमा हुने भेला, सार्वजनिक कार्यक्रम, पूजाआजा, विद्यालयको बैठक हुँदा, असिना पर्दा, विवाह हुँदा, मानिसको मृत्यु हुँदा अनि गाँउको होमस्टेमा पाहुना आउँदा सूचना पु¥याउने काम कटुवालको हो । गाउँ अलि धेरै क्षेत्रमा फैलिएकाले एक ठाँउबाट मात्र कराउदा नसुनिएला की भनेर ४ ठाँउमा गएर हागु हगारे (ठुलो स्वरले बोल्नु)  गरिन्छ ।

 

कटुवालको काम गरेवापत उहाँले बर्षमा प्रत्येक घरबाट ४ माना गहुँ र एक पाथी मकै पाउनुहुन्छ । लामो समय देखि  यो काम गर्न थालेको उहाँले बताउनुभयो । काडाँका अगुवाहरुले निर्देशन दिएपछि उहाँले सबै गाँउलेलाई सूचना सम्प्रेषण गर्नुहुन्छ ।

 

कटुवाल प्रथा नभएर पेसा बनाउनुपर्ने उहाँको भनाइ छ । वडाबाट केही सहयोग भयो भने यो पेसा पनि जोगिने र आफूलाई पनि जिविकोपार्जनमा सहयोग पुग्ने कटुवाल धर्मले बताउनु भयो ।

कटुवाल धर्म कामीले बिहिबार मात्रै कोरोना भाइरससँग बच्न गाउँमा फैलाइएको सचेतनाको यो भिडियाे शिक्षक गाेपाल केसीले उजेली न्यूज डटकमलाई उपलब्ध गराउनु भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार