प‌ैदलयात्रीलाई समशेरगन्जमा खानाको व्यवस्था

प‌ैदलयात्रीलाई समशेरगन्जमा खानाको व्यवस्था

खड्क केसी बाँके
लकडाउनका समयमा बेखर्ची भई पुर्वपश्चिम राजमार्गबाट पैदलयात्रामा घरतर्फ गैईरहेका यात्रुहरुका लागि आज राप्तीसोनारी ८ स्थित समशेरगन्ज बजारमा खानपिन व्यवस्था गरिएको छ।

राप्तीसोनारी उधोग वाणिज्य संघको पहलमा शक्रबार खाना खुवाएको हो । उधोग वाणिज्य सघको पहल र स्थानीय व्यापारी, स्थानीय व्यति, भगवती सामुदायिक वन उपभोक्त समूह र राष्ट्रिय निजी तथा आवसिय विधालय एशोसियनको सहयोगमा खानाको व्यवस्था गरिएको हो।

शुक्रबार करिब ३ सय जनालाई खाना खुवाईएको राप्तीसोनारी उधोग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले जानकारी दिनुभएको छ । उनीहरुलाई खाना, पानी व्यवस्थापन गरिएको र यो कार्य निरन्तर रहने उहाँले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार