काँग्रेसबाट चौरजहारीको प्रमुखमा प्रेमबहादुर र उप प्रमुखमा दीपाको नाम सिफारिस

काँग्रेसबाट चौरजहारीको प्रमुखमा प्रेमबहादुर र उप प्रमुखमा दीपाको नाम सिफारिस

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रमुखमा र उप प्रमुखका लागि नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार टुंगाएको छ ।

आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि चौरजहारी नगरपालिकाको प्रमुखमा प्रेमबहादुर ओली र उप प्रमुखमा दीपा डाँगी खड्कालाई उम्मेदवार बनाउने नेपाली काँग्रेसले निर्णय गरेको हो ।

नेपाली काँग्रेस चौरजहारी नगर कार्यसमिति सचिव लक्ष्मण ओलीका अनुसार आज बसेको बैठकले प्रमुखमा र उप प्रमुखकको नाम सर्वसम्मत निर्णय गरेको हो । नगर कार्य समिति सचिव लक्ष्मण ओलीका अनुसार वर्तमान आवश्यकता र जनमतको मागको आधारमा उहाँहरुलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो । निर्णय गर्नुअघि नगरका सबै वडा सभापतिहरुको राय बुझिएको र १४ वटै वडा सभापतिहरुले नगर प्रमुखमा प्रेम बहादुर ओलीकै नाममा सहमति जनाएको बताइएको छ ।

नगर प्रमुख पदका लागि सिफारिस हुुनुभएका ओली नेपाली कांग्रेस चौरजहारीका नगर सभापति पनि हुनुहुन्छ । वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको छनौट लागि छलफल भैरहेकोले भोली सम्म टुंगाएर जिल्लामा सिफारिस गरिने बताईएको छ ।

रुकुम पश्चिममा यस अघि नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिले अध्यक्ष पदमा जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्द केसीलाई, त्रिवेणी गाउँ कार्यसमितिले अध्यक्षमा अमरसिं खड्का र उपाध्यक्षमा सृष्टि बाँठामगरलाई र सानीभेरी गाउँपालिकामा गोरख बहादुर चन्दलाई अध्यक्ष पदका लागि सर्वसम्मत रुपमा सिफारिस गरिसकेको काँग्रेसले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार