रुकुम पूर्वमा सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामग्री वितरण

रुकुम पूर्वमा सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामग्री वितरण

रुकुमकोट । वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रुकुम पूर्वले अग्नि नियन्त्रणका सामग्री वितरण गरेको छ ।

मंगलबार एक औपचारिक कार्यक्रमका बिच जिल्लास्थित सुरक्षा निकायलाई डढेलो नियन्त्रणमा प्रयोग गरिने सामग्री वितरण गरिएको हो ।

डिभिजन वन कार्यालय रुकुम पूर्वका निमित्त डिभिजन वन अधिकृत जितेन्द्रसिंह खड्काले सुरक्षा निकायका प्रमुखहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

गर्मी मौसममा आगोको उच्च जोखिम हुने हुँदा सो नियन्त्रणमा सहयोग पुगोस् भनेर डढेलो नियन्त्रणका लागि विभिन्न १२ प्रकारका सामग्री तीनवटै सुरक्षानिकायलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

प्रति सुरक्षा निकायलाई रेकर ६ वटा, स्वाटर ९, जम्प सुट ९, ब्याकअप वाटर पम्प १, बेल्चा ३, लाइट ९, टुमलेट ९, जुत्ता ९, मोजा ९, ग्लोब्स ९, मास्क ९ र हेल्मेट ९ वटा हस्तान्तरण गरिएको हो।

आगलागीका घटना हुँदा त्यसको नियन्त्रण र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिने हुँदा उनीहरूलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको निमित्त डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार