बिरामी बोक्न नमान्‍ने एम्बुलेन्स चालक विरुद्ध मुद्दा

बिरामी बोक्न नमान्‍ने एम्बुलेन्स चालक विरुद्ध मुद्दा

बैशाख ६  धादिङ

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठ विरुद्ध स्थानीय प्रशासनमा अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।

स्वास्थ्यचौकीको एम्बुलेन्सले सुरक्षा सामग्री नभएको भनेर बिरामी बोक्न नमानेको तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँलेले फेला पारी एम्बुलेन्ससमेत तोडफोड गरिदिएका थिए।

दुई दिनअघि पक्राउ परेका श्रेष्‍ठलाई हिरासतमा राखेर म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार