चौरजहारीको चुनावी माहोल ‘प्रेममय’

चौरजहारीको चुनावी माहोल ‘प्रेममय’

मुसीकोट । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर प्रमुखको उम्मेदवार हुनुभएका प्रेमबहादुर ओलीले विजयपछि नगरप्रमुख पद वापत पाउने मासिक खर्च, भत्ता सामाजिक कार्यमा खर्च गर्ने उद्घोष गर्नुभएको हो ।

उक्त रकमलाई सामाजिक सुरक्षा कोष बनाएर गरिब जनताको हितमा प्रयोग गर्ने उहाँको प्रतिबद्धता रहेको छ । ‘सहि व्यक्ति र असल व्यक्तित्व, यस पटक नगरमा प्रेमको नेतृत्व’ भन्ने नाराका साथ वडास्तरका कार्यक्रममा व्यस्त प्रेमबहादुरकै कारण चौरजहारी प्रेममय भएको कार्यकर्ताको बुझाई छ ।

सामाजिक प्रभाव, उदाहरणीय जीवनशैली, सकारात्मक व्यवहार, सहयोगीपन, मिलनसार लगायतका उहाँका गुणको कारण प्रमुख बिपक्षि दलका कार्यकर्ताहरु समेत प्रेमबहादुर ओलीको व्यक्तित्व प्रभावमा रहेका छन् । ‘अरु भए त भन्न सकिन्नथ्यो, प्रेम दाईको पक्षमा लहर झन् बलियो भन्दै गएको छ’ जनता समाजवादीका नेता प्रेम आचार्यले भन्नुभयो, ‘पार्टी, फोस्रा नारा, तेरोमेरो भन्ने कुराले जनता वाक्क भैसके, अब सचेत मतदाताले असल नेतृत्व चुकाउनु हुँदैन ।’

‘यस पटक, एक पटक तपाई हाम्रो अभिभावक बनेर आउनैपर्छ,’ बेला बेला माओवादी कार्यकर्ता समेतले फोन, म्यासेज मार्फत प्रेमलाई खबर पठाउने गरेका छन्, ‘खुलेर आउन पार्टीले रोक्यो, यस पटकको अमूल्य दान तपाईलाई हुनेछ ।’

बन्दै गएको काँग्रेसको लहरसँगै बिपक्षिबाट आउने यस्ता खबरको कारण पनि चौरजहारी ‘प्रेममय’ बन्दै गएको कार्यकर्ताको भनाई छ ।

उहाँलाई सुन्दर र समृद्ध चौरजहारी निर्माणको लागि मतदान गर्न कसैले रोकेमा चौरजहारीको दुर्भाग्य हुनेछ, मतदानकै लागि काठमाडौबाट चौरजहारी आउँदै गरेका बिद्यार्थी चिरञ्जिवी लामिछानेले भन्नुभयो, ‘चर्को नारा, अनावश्यक भाषण, सत्ताको उन्माद बाहिर रहेर जनताको लागि काम गर्नसक्ने क्षमता प्रेममा स्पष्ट देखिएकोछ, यस पटकको मत खेर जानेछैन ।’ अरु भन्दा राम्रो उम्मेदवार यस पटक चौरजहारीले पाएकोले मत दिएर सहयोग गर्न काठमाडौं, नेपालगञ्ज लगायतका शहरबाट बिद्यार्थीहरु आउन थालेकाे उहाँले जनाउनुभयो ।

यस बिचमा चौरजहारीमा नेपाली काँग्रेस र नेकपा एमालेले संयुक्त रुपमा वडास्तरका कार्यक्रम र मतदाता कार्यक्रमलाई तिब्रता दिएको छ । एमालेसँग चुनावी गठबन्धन गरेपछि गाउँगाउँमा आफ्नो पक्षमा जनताको लहर आएको उहाँको बुझाई छ । उप प्रमुखका उम्मेदवार रहुनभएका एमाले नेता टंक प्रसाद ओलीले पनि सयुक्त चुनावी कार्यक्रममा जनताको उत्साह, हार्दिकता बढिरहेको बताउँनुहुन्छ । संयुक्त चुनावी संकल्पका साथ मैदानमा आउँदा नै जितको अनूभुति हुने गरेको उहाँको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार