मुसीकोटका एक युवा भारतमा वेपत्ता, खोजी दिन परिवारको आग्रह

मुसीकोटका एक युवा भारतमा वेपत्ता, खोजी दिन परिवारको आग्रह

गोपाल खड्का

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १ स्थायी घर भई हाल भारतको देहरादुनमा अध्यनरत २६ बर्षका गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको छ ।

भारतको देहरादुन कलेजबाट नेपाल घर फर्कदै गर्दा खड्कालाई अज्ञात समुहले भएको सामान सवै लुटेर सम्पर्क बिहीन बनाएको बुवा चिताराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोपाललाई १७ गते शुक्रवार भारतको हरिद्वार गङ्गा नदिको आसपासबाट नेपाली भाषा बोल्ने केहि अन्जान ब्यक्तिहरुले नषालु पदार्थ सेवन गराई सम्पर्क बिहीन बनाएका छन ।

गोपाल अहिलेसम्म पनि सम्पर्कमा नआएकाले कहि कतै कसैले भेटेमा खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्था र नेपाल सरकारलाई समेत उनका परिवारले आग्रह गरेका छन् ।

गोपालको बारेमा कहिकतै जानकारी भएमा सम्पर्क नम्वर ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८ मा सम्पर्क गरिदिनुहुन परिवारले आह्वान गरेका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार