त्रिवेणीमा काँग्रेसको चुनावी सभास्थल माओवादी कार्यकर्ताद्धारा आगजनी

त्रिवेणीमा काँग्रेसको चुनावी सभास्थल माओवादी कार्यकर्ताद्धारा आगजनी

मुसीकोट । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि प्रचार प्रसार गर्ने उद्धेश्यले तयार गरिएको नेपाली काँग्रेसको चुनावी कार्यक्रमस्थल नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आगजनी गरेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका ५ जिवाङमा कार्यक्रमका लागि तयार पारिएको कार्यक्रमस्थल आगजनी गर्नुका साथै चुनावी कार्यक्रम नै गर्न नदिएको नेपाली काँग्रेसले जनाएको छ ।

पार्टीका त्रिवेणी गाउँपालिका सभापति दिपेन्द्र ओलीका अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार गर्न लागिएको कार्यक्रम स्थलको टेन्टमा आगो लगाईएको छ भने वडा कार्यालय तोडफोड गरिएको छ । त्यसैगरी कार्यक्रमको तयारीको लागि प्रयोग गरिएको रा १ च १२७२ नम्बरको जिप र चालक समेत माओवादीकै नियन्त्रणमा रहेको सभापति ओलीले बताउनुभयो । उहाँका अनुसार ४ जना कार्यकर्ताको मोबाईल समेत खोसिएको छ भने दुई जनालाई आक्रमण गरेर घाईते बनाईएको छ ।

स्थानीय दिव्य विकास मावि नजिकैको बाटोमा रुख ढालेर कार्यक्रममा आवतजावत गर्न बन्द गरेको थिए भने चुनावी प्रचार सामाग्री खोसेर आगजनी गरेको काँग्रेसले जनाएको छ । उक्त स्थानमा अहिलेसम्म प्रहरी पुगेको छैन । काँग्रेसले चुनावी सभा सञ्चालन गर्न समेत सकेको छैन । यस बिषयमा माओवादी केन्द्रका त्रिवेणी गाउँकमिटी अध्यक्ष गणेश खड्कासँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार