त्रिवेणी १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानल विजयी

त्रिवेणी १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओलीको प्यानल विजयी

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेको छ । निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीका अनुसार ओलीले ५७७ मत ल्याएर बिजयी हुनुभएको हो ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण ओलीले ४१७ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका मुस्कान ओलीले ५१ मत प्राप्त गर्नुभएको छन ।

त्यस्तै स्वतन्त्र उम्मेदवार ओलीको प्यानलबाट महिला सदस्य कमला बोहरा, दलित महिला सदस्य लालसरा कामी, खुला सदस्यहरु खडक पुन र पुर्ण बहादुर बुढा विजयी भएका छन् ।

उनीहरुले धारा चुनाव चिन्हमा चुनाव लडेका थिए ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गणेश कुमार केसीले ५८८ मत ल्याएका छन् भने नेपाली काङ्ग्रेसका अमरसिं खड्काले २३०, एमालेका चोपलाल खडकाले १५ नेकपा एकीकृत समाजवादीका धनराज खड्काले २ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी राजकुमारी खडका रेउलेले ५८५ मत ल्याएर अग्रता लिएकी छन भने काङ्ग्रेसकी सृष्टि बाँठा मगरले २३२ र एमालेकी धनकला बिष्टले १५ मत ल्याएकी छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार