सानीभेरी गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

सानीभेरी गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बिर्खबहादुर विष्टले सपथ ग्रहण गर्नुभएको छ । बुधबार मुसिकोटमा जिल्ला न्यायाधीश विद्याराज पौडेल समक्ष अध्यक्ष विष्टले सपथ ग्रहण गर्नुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सानीभेरी गाउँपालिका निर्वाचन अधिकृत कमान सिं थापामगर, सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्ल लगायतको उपस्थीति रहेको थियो।

यस्तै अध्यक्ष बिष्टले गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको छ । आजै निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित जनप्रतिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

निर्वाचन अधिकृत कमान सिं थापामगरले गाउँपालिकाका ११ वटै वडाका ५५ जना जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार