बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले लिए सपथ

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जनक कुमार बाँठामगरले सपथ ग्रहण गर्नुभएको छ । बिहिबार मुसिकोटमा जिल्ला न्यायाधीश विद्याराज पौडेल समक्ष अध्यक्ष बाँठामगरले सपथ ग्रहण गर्नुभएको हो ।

यस्तै आजै बाँफिकोट गाउँपालिकाको कार्यालयमा अध्यक्ष बाँठाले गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु तथा सदस्यहरुलाई सपथ खुवाउनुभएको छ ।

बुधबार निर्वाचन अधिकृतको कार्यालय बाँफिकोटले नवनिर्वाचित जनप्रतिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालय बाँफिकोटका निर्वाचन अधिकृत कृत बहादुर बोहरा, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दुर्ग बहादुर ओली, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थीति रहेको थियो।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार