दुई दिन बिदा दिने निर्णय पुनरावलोकन गर्ने तयारी

दुई दिन बिदा दिने निर्णय पुनरावलोकन गर्ने तयारी

सातामा दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरावलोकन गर्ने तयारी थालेको छ।

बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिवारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि यसबारे सोच्ने अवस्थामा पुगेको जनाइएको छ ।

सरकारले यो निर्णयलाई एक(डेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनरावलोकन गर्ने बताईँदै आइएको थियो ।

सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शङ्करदास वैरागीले बोलाएको सचिवहरूको बैठकमा स्वास्थ्य मन्त्रालयमातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यवहारिक देखिएको ब्रिफिङ गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार