लकडाउन कडा पार्ने राजमार्गमा काँडेतार

लकडाउन कडा पार्ने राजमार्गमा काँडेतार

गण्डकी प्रदेशले कोरोना रोकथामका लागि भन्दै लकडाउनलाई अझै कडा बनाउन राम्दी खोलाको स्याङ्जातर्फको पुलको मुखमै तारबार लगाएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुरक्षाकर्मी परिचालन गरेर प्रदेश प्रवेशविन्दुमा तारबार लगाएको हो । तारबारसँगै सिमानामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ । राम्दी खोलालाई स्याङ्जा र पाल्पा जिल्लाको सीमा नदी मानिएको छ। स्याङ्जा गण्डकी प्रदेशमा र पाल्पा प्रदेश ५ पर्ने भएकाले यही खोला दुई प्रदेशको सीमाना पनि हो।  तस्बिर सौजन्य: राधाकृष्ण डुम्रे

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार