सडकमा पैसा फाल्ने नन्द भाउजुमा कोरोना संक्रमण देखिएन

सडकमा पैसा फाल्ने नन्द भाउजुमा कोरोना संक्रमण देखिएन

बैशाख ६ काठमाडौ
शुक्रबार सडकमा पैसा फालेर भागेको आरोपमा पक्राउ परेका दुवै महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

बीच सडकमा पैसा फालेर भागेकी नन्द भाउजु पक्राउ परेपछि दुवैको स्वास्थ्य जाँच गर्दा र्‍यापिड टेस्टमा एक जनाको पोजेटिभ रिपोर्ट आएको थियो। तर पीसीआरमा दुवैको रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रशिक्षण प्रयोगशालाका निमित्त निर्देशक डा.रामविनय साहले जानकारी दिनुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महावीर चोकस्थित बीच बाटोमा पैसा फालेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।   प्रहरीले सिसिटिभी फुटेजको आधारमा पैसा फालेर भागेको आरोपमा शनिबार नन्द भाउजुलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बाट नियन्त्रणमा लिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार