बाजुरामा एक जनामा आरडीटी पोजिटिभ

बाजुरामा एक जनामा आरडीटी पोजिटिभ

बैशाख ७ काठमाडौ

बाजुराको त्रिवेणी नगरपालिका–९ का एक स्थानीयलाई आरडीटी टेस्टमा एक जनामा पोजिटिभ देखिएको छ । भारतबाट चैत १ गते घर आएकाहरुमा पोजिटिभ रिपोर्ट देखिएको हो ।

आइतबार नगरपालिकामा गरिएको आरडीटी टेस्टमा सुरुमा दुई जनामा पोजिटिभ रिपोर्ट आएको भए पनि दुबै जनाको दोहोर्‍याएर जाँच गर्दा १८ वर्षीय युवामा नेगेटिभ रिपोर्ट आएको भए पनि ६० वर्षीयमा भने पोजिटिभ रिपोर्ट नै आएको त्रिवेणी नगरपालिकाका स्वास्थ्य संयोजक चीरञ्जीव साहले बताए ।

उनका अनुसार ताम्सु घर भएका उनलाई प्रहरीले सदरमुकाम मार्तडी लिएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उनको थ्रोट स्वाब संकलन गरेर नमुना परीक्षणका लागि धनगढी पठाइने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार