कञ्चनपुरमा विवाहमा पाँचजना मात्रै सहभागी हुन पाइने

कञ्चनपुरमा विवाहमा पाँचजना मात्रै सहभागी हुन पाइने

बैशाख ८ कञ्चनपुर
कञ्चनपुर जिल्लामा हुने विवाहमा बढीमा ५ जनामात्रै सहभागी हुन पाउने भएका छन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिम न्युनीकरण गर्नका लागि यस्तो निर्णय गरेको हो ।

बैशाख ६ गते गरेको जिल्ला प्रशासनको निर्णयमा भनिएको छ,“विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित भइ सामाजिक दुरीलगायत कोभिड–१९ को जोखिम न्युनीकरणका उपायहरु अबलम्बन गरेर विवाह कार्य सम्पन्न गर्नहुन स्पष्ट गरिन्छ ।”

 

यस्तै प्रशासनले जिल्लाभित्र हुने विवाहका लागि सवारी पास आवश्यक नपर्ने, गाडीमा शुभ विवाहको व्यानर राख्नुपर्ने, बेहुला–बेहुली, पण्डित र पुजा सामग्री राख्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गाकर्णप्रसाद उपाध्याय बताउनु भयो ।   कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार