रुकुमको चौरजहारीमा ४६ जनाको आरडीटी जाँच नेगेटिभ

रुकुमको चौरजहारीमा ४६ जनाको आरडीटी जाँच नेगेटिभ

गोपाल रेग्मी – रुकुम पश्चिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ४६ जनाको र्‍यापिड  डाईगोनोष्टिक टेष्ट  (आर.डि.टी.)  रिपोर्ट नेगेटिभ आएको छ ।  चौरजहारी नगरपालिका नगर स्वास्थ्य शाखाले छिमेकी देश भारत तथा तेस्रो मुलुक वाट घर आएका नागरिकहरुको आईतवार (आर.डि.टी.) जाँच गरेको थियो ।

नगरपालिकामा चैत्र महिना भित्र घर आएका वडा नम्वर १ देखि ५ सम्मका नागरिकहरुको (आर.डि.टी.)  जाँच नेगेटीभ आएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम वहादुर केसीले जानकारी दिनुभयो ।

पहिलो दिन शीतल माध्यामिक विद्यालय चौरजहारी वाट सुरु गरीएको आरडिटी जाँच आज प्राथामिक स्वास्थ्य केन्द्र कोजहारीमा भैरहेको छ ।  यो समाचार तयारपार्दा सम्म नगरको वडा नम्वर ४ वडा नम्वर ६ वडा नम्वर ७ वडा नम्वर ८ र वडा नम्वर ९ का ४८ जनाको आरडीटी जाँच गरीएको वडानम्वर ९ का वडा अध्यक्ष महेश स्वर्णकारले वताउनुभयो ।

वडा नम्वर ४ का १ जना वडा नम्वर ६ का २ जना वडा नम्वर ७ का १जना वडा नम्वर ८ वाट २५ जना र वडा नम्वर ९ वाट १२ जनाको आरडिटी जाँच गरीएको हो ।
अन्य व्यक्तिहरु पनि जाँचको लागी स्वास्थ्य संस्थामा आईरहेको उहाँको भनाई छ ।

नगरपालिकाको वडा नम्वर १० वडा नम्वर ११ वडा नम्वर १२ र वडा नम्वर १३ का ५३ जना व्यक्तिहरुको आर.डि.टी. जाँच गरीने वताईएको छ । त्यसैगरी छिमेकी देश भारत र तेस्रो मुलुक वाट घर आएका वडा नम्वर १४ का ६३ जना नागरिकहरुको जाँच वैशाख ९ गते वडा कार्यालयमा गरीने भएकोले उक्त स्थानमा आएर आरडीटी जाँच गराउन खवर गरीएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार