मुसिकोटका प्रत्येक वडामा १ करोड बजेट

मुसिकोटका प्रत्येक वडामा १ करोड बजेट

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको एघारौं नगर सभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र प्रस्ताबित बजेट पेश भएको छ ।

शुक्रबार सुरु भएको एघारौं नगर सभामा नगरप्रमुख महेन्द्र केसीले २९ पृष्ठ लामो रहेको नीति तथा कार्यक्रम पेश गर्नुभएको छ भने नगर उपप्रमुख बिमल कुमार पुनले ११ पृष्ठ रहेको बजेट बक्तब्य पेश गर्नुभएको छ ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानी तथा सरसफाइ, कृषि, सिचाँइ, युवा तथा खेलकुद, वन तथा वाताबरण, बिद्युत लगायतका कार्यक्रमहरु समाबेश गरिएको छ । त्यसैगरी सुचना र सञ्चार, कला, संस्कृति, सहकारी, पर्यटन र औद्योगिक बिकास निर्माण लगायतका कार्यक्रमहरु पनि समाबेश गरिएको छ ।

नगर प्रमुख महेन्द्र केसीले छलफलका लागि पेश गरेको नीति तथा कार्यक्रम र उपप्रमुख बिमल कुमार पुनले पेश गरेको बजेटमा छलफल गर्नका लागि भने पूनः नगरसभाको अर्को बैठक बस्ने बताईएको छ ।

बजेट बक्तब्यमा जम्मा ८६ करोड ७२ लाख ७१ हजार ५ सय २५ रुपैयाँ विनियोजन गरिएको छ । कुल विनियोजन रकम मध्ये चालु तर्फ ४८ करोड ५२ लाख ४४ हजार ५ सय २५ रकम विनियोजन गरिएको छ भने पुँजीगत तर्फ ३८ करोड २० लाख २७ हजार रकम विनियोजन गरिएको छ ।

प्रस्तावित कुल बजेट मध्य संघीय समानीकरण अनुदान तर्फ १३ करोड ८ लाख विनियोजन गरिएको छ । त्यसैगरि संघीय सरकारवाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम १० करोड ७२ लाख ४३ हजार, प्रदेश सरकारवाट समानिकरण अनुदान १ करोड ३३ लाख ४४ हजार, प्रदेश सरकारबाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम ११ लाख ३४ हजार ५ सय २५ रुपैयाँ, संघीय सरकारवाट सर्शत अनुदान ४९ करोड ३१ लाख, विशेष अनुदान ७५ लाख र समपुरक अनुदान रकम १ करोड ५० लाख विनियोजन गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारको शर्सत अनुदान ३ करोड ६१ लाख ५० हजार र स्थानीय राजश्व वाँडफाँड तथा स्रोत परिचालन गरि आन्तरिक आयतर्फ ३ करोड ३० लाख अनुमान गरिएको छ भने आर्थिक बर्ष २०७८/०७९ को बाँकी मौज्दात रकम ३ करोड पनि आगामी आर्थिक बर्षका लागि प्रस्तावित गरिएको छ ।

जसमा संस्थागत तथा सुशासन विकास समिति तर्फ २० लाख रुपैयाँ, सामाजिक विकास समिति तर्फ १ करोड १५ लाख रुपैयाँ, आर्थिक विकास समिति तर्फ १ करोड १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । त्यसैगरि पूर्बाधार विकास समिति तर्फ २ करोड ५० लाख रुपैयाँ, वाताबरण तथा बिपद ब्यबस्थापन समिति तर्फ ४० लाख रुपैयाँ र बिध्येक समिति तर्फ १८ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

उपप्रमुख पुनले प्रस्ताबित बजेटमा स्थानीय योजना तथा कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको १ र ११ नम्बर वडामा १ करोड १५ लाखका दरले र बाँकी १२ वटा वडामा १ करोडका दरले समेत बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार