विद्युत सर्ट हुँदा आगलागीमा परेर १ जनाको मृत्यु

विद्युत सर्ट हुँदा आगलागीमा परेर १ जनाको मृत्यु

बैशाख ८ गुल्मी
गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको घरमा द्यिुत सर्ट भएर आगलागी भएको छ । आगलागीमा परेर १ जनाको ज्यान गएको छ ।

चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो ।

खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिनुभएको छ । लकडाउनका कारण तीनै जना घरमा बसेका थिए ।

आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर नसक्दा उनको ज्यान गएको हो । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीबाट भएको क्षति विवरण भने आइसकेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार