अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला चयन

अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला चयन

मुसिकोट । अन्तरपार्टी महिला संजाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला गिरी चयन हुनुभएको छ । सोमबार सञ्जालको भेलाले उहाँलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

जिल्लामा रहेका क्रियाशिल चार राजनीतिक दलको प्रतिनिधित्व रहनेगरी महिला अधिकारको क्षेत्रमा कार्य गर्नलाई सञ्जाल निर्माण गरिएको जनाईएको छ ।

सञ्जालको उपाध्यक्षमा तुलसा मल्ल, सचिवमा कमला पुन र कोषाध्यक्षमा धनमाया केसी चयन हुनुभएको छ । त्यसैगरी सञ्जालको सदस्यमा हिरा केसी, योगमाया खड्का, सीता ओली, डण्डी कार्कि, चन्द्री महतारा, खिमा डाँगी, बसन्ती नेपाल, चम्फा परियार, रिता बिक र जानकी गिरी चयन हुनुभएको छ ।

अन्तरपार्टी सञ्जालका निर्वमान अध्यक्ष लुम्बिनी गौतमले अध्यक्ष निर्मला गिरीलाई बैठक पुस्तिका हस्तान्तरण गर्दै जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । गौतमको कार्यकाल एक महिना बाँकि रहेतापनि उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित हुनुभएकोले सञ्जालको जिम्मेवारी हस्तान्तरण गर्नुभएको बताईएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार