मोबाइलमा पैसा सकिए भोलीदेखि २५ वटा एसएमएस र ५० मिनेट भ्वाइस कल निःशुल्क

मोबाइलमा पैसा सकिए भोलीदेखि २५ वटा एसएमएस र ५० मिनेट भ्वाइस कल निःशुल्क

बैशाख ८ काठमाण्डौ
नेपाल टेलिकमले मोबाइलमा पैसा सकिएकाहरुको लागि निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । जसका लागि टेलिकमले एक ग्राहकको लागि २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ ।

भोली देखि लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।

अहिले यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो। भोलीदेखि नै यो सेवा लागू  हुने उहाँले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार