छोरीको स्मृतिमा दुई लाखको अक्षय कोष स्थापना

छोरीको स्मृतिमा दुई लाखको अक्षय कोष स्थापना

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ९ हिल निवासी पूर्व साँसद खडग बहादुर बुढा र उहाँकी श्रीमती जोगमाली बुढा मगर द्वारा छोरी विनिता बुढा मगरको स्मृतिमा अक्षय कोष स्थापना गर्नु भएको छ ।

छोरी बिनिताको स्मृतिमा मुसिकोट नगरपालिका ६ स्थित बाल कल्याण माध्यमिक विद्यालय झुल्खेतमा दुई लाख रकम राशिको अक्षय कोषको स्थापना गरिएको हो ।

वि स २०३७ साल चैत्र १२ गते साविक चौखावाङ गाविसको वडा नम्बर ५ हिलमा जन्मनु भएकी विनिता बुढाले बाल कल्याण माध्यमिक विद्यालय झुल्खेतबाट एसएलसी दिनु भएको थियो ।

बिद्यार्थी जिवनमा तत्कालीन नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीमा संगठीत हुनुभएका बिनिता संगठनको कामको सिलसिलामा २०५५ साल जेठ २७ गते चुन्वाङ प्रहरी चौकीमा किलोसेरा टु अप्रेसनमा खटिएको तत्कालिन दंगा प्रहरीले घेरा हालि नियन्त्रणमा लिई उहाँको हत्या गरेको थियो ।

उहाँकै स्मृतीमा बाल्कल्याण मावि झुल्खेतमा अक्षय कोष स्थापना गरिएको बत्ताएको छ । अक्षय कोषको बर्सेनि रूपमा आउने व्याजबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार वितरण गरिने प्रधानाध्यापक गोविन्द बहादुर ओलीले जानकारी दिनुभयो ।

शिक्षक अभिभाबक संघका अध्यक्ष गम्मर सिंह बोहराको अध्यक्षतामा भएको कार्यक्रममा कोषको लागि सहिद विनिताकी आमा जोगमाली बुढाले नगद रकम विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार