र्‍यापिड टेष्ट पोजेटिभ देखिएकी चितवकी महिलाको पीसीआर नतिजा नेगेटिभ

र्‍यापिड टेष्ट पोजेटिभ देखिएकी चितवकी महिलाको पीसीआर नतिजा नेगेटिभ

वैशाख ९  चितवन

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) जाँचमा पोजेटिभ नतिजा आएको चितवन रत्ननगरकी महिलाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ ।  पिठुवामा रहेको गुन्जमानसिंह अस्पतालमा गरिएको र्‍यापिड टेस्टमा आइतवार ती महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

सोमबार भरतपुरमा गरिएको पीसीआर परीक्षणमा भने नेगेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार