त्रिवेणी गाउँपालिका द्धारा घरमा आउन इच्छुकलाई सम्पर्क गर्ने आह्वान

त्रिवेणी गाउँपालिका द्धारा घरमा आउन इच्छुकलाई सम्पर्क गर्ने आह्वान

बैशाख ९ काठमाडौ
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले लकडाउनका कारणले जिल्ला बाहिर रहेका पालिकाबासीहरुलाई घरमा आउने व्यवस्था गर्ने भएको छ ।

आज पालिकाले एक सूचना प्रकाशन गरि कामको शिलसिलामा जिल्ला बाहिर रहेका व्यक्तिहरुलाई आज दिउँसो ४ बजेसम्मका लागि यस गाउँपालिकाको फेसबुक  Tribeni Rural Municipality Rukum र मोबाईल नम्बर  ९८५७८२२८३५ मा सम्पर्क गर्ने आह्रान गरेको छ ।

त्रिवेणी गाउँपालिकाले  घरमा आउन इच्छुकले आफनो नाम, आफुसँग बसेको व्यक्तिहरुको संख्या र आफु भएको स्थानको जानकारी गराउनु पर्ने त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी  धन प्रसाद खड्काले बताउनु भयो । उहाँका अनुसार जिल्ला बाहिर बाट आएका व्यक्तिहरु नियमअनुसार अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार