केन्द्रीय कारागार अस्पतालका दुई नर्समा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ

केन्द्रीय कारागार अस्पतालका दुई नर्समा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ

बैशाख ९ काठमाडौ

काठमाडौको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुई जना नर्सलाई र्‍यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी)  विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको छ ।  दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

कारागार अस्पताल स्रोतका अनुसार सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएको थियो । सो क्रममा दुई जनाको पोजेटिभ देखिएको हो ।

आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिनुभएको हो । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उहाँले बताउनु भयो । दुबै नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।

नर्सहरुलाई आरडीटी पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएका कैदीवन्दी विरामीको समेत आरडीटी परीक्षण गरिएको तर उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो  ।

कैदीबन्दीहरुको उपचारका लागि भनेर स्थापना गरिएको उक्त केन्द्रीय कारागारको अस्पतालमा ३० बेडको रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार