३ जिल्लामा १९ झोलुंगे पुल निर्माण, थप २७ वटाको काम जारी

दाङ, रूकुम पूर्व र रूकुम पश्चिममा

३ जिल्लामा १९ झोलुंगे पुल निर्माण, थप २७ वटाको काम जारी

दाङ, रूकुम पूर्व र रूकुम पश्चिममा

गत आर्थिक वर्षमा दाङ र रूकुममा १९ वटा झोलुंगे पुल बनेका छन्।  पुल निर्माणको काम गर्दै आएको सेवा प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय दाङका अनुसार ३ जिल्लामा १९ वटा पुलहरू निर्माण भएका हुन।

दाङ, रूकुम पूर्व र रूकुम पश्चिम आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा  झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत निर्माण गरिएका हुन। अहिले रोल्पासहित चार जिल्लामा थप २७ वटा पुल बनिरहेको प्रतिष्ठानका अध्यक्ष नहकुल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रूकुम पूर्वमा १२, दाङमा १४ र रोल्पामा एउटा झोलुंगे पुल निर्माणाधीन छन्।  प्रतिष्ठानले गरेको वार्षिक योजना तर्जुमा कार्यक्रममा अध्यक्ष केसीले ती पुलहरू निर्माण भएपछि हजारौं नागरिकलाई आवात-जावात र बस्तुभाउ ढुवानीमा सहज हुने आशा व्यक्त गर्नुभएको छ ।

पुल नहुँदा वर्षायाममा बाढीको डरैडरमा नागरिकले यात्रा गर्दै आएको भए पनि अब त्यो समस्या हटेको उहाँले बताउनु भयो ।

गत आर्थिक वर्ष  दाङमा पुल निर्माणको लागि  ३ करोड २०  लाख र  रोल्पाको लागि ३५ लाख बजेट आएको थियो। रूकुम पूर्वमा पुल निर्माणको लागि गत आर्थिक वर्षमा २ करोड २५ लाख र पश्चिम रूकुमका लागि १ करोड ६५ लाख बजेट आएको थियो।

चालु आर्थिक वर्षमा २२ वटा झोलुंगे पुल  निर्माणको लागि बजेटमा समावेश भएर आएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार